कुलमान घिसिङ र गण्डकीका सभामुखलाई आयाेगले स्पष्टीकरण साेध्याे

 बैशाख १, २०७९ बिहिबार १९:२३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगको आज बिहीवारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनालाई पत्र पठाएर सात दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।   

नेकपा (माओवादी केन्द्र) ले घिसिङको तस्बिर चुनाव प्रचार सामग्रीमा प्रयोग विषयलाई लिएर घिसिङलाई आयोगले स्पष्टीकरण सोधेको हो । चुनाव प्रचार सामग्रीमा घिसिङकाे तस्बिर प्रयाेग भएकाे भन्दै चाैतर्फी आलाेचना भएपछि पछि मा‌ओवादीले घिसिङकाे तस्बिर हटाएकाे थियाे ।  

त्यस्तै गण्डकी प्रदेश सभाका सभामुख अधिकारीलाई २०७४ सालको प्रदेश सभा चुनावमा भएको खर्चबारे दिएको भनिएको अभिव्यक्तिलाई लिएर आयोगले प्रष्ट पार्न भनेको छ । निर्वाचन आयोगमा आफूले खर्चको गलत विवरण बुझाएको भनी अधिकारीले अभिव्यक्ति दिएका समाचार सार्वजनिक भएको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया