विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० करोड नाघ्यो

 बैशाख २, २०७९ शुक्रबार ११:४५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० करोड नाघेको छ ।

विश्वमा पहिलो पटक सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसयता विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५० करोड ३० लाख ५७ हजार ८ सय ७१ जना सङ्क्रमित भएका छन् ।

वर्ल्डओमिटरकाअनुसार यो अवधिमा कोरोनाका कारण ६२ लाख १७ हजार ९ सय ७७ जनाको ज्यान गएको छ भने ४५ करोड ३४ लाख ५ हजार २ सय ७२ जना सङ्क्रमित निको भएका छन् ।

वर्ल्डओमिटरकाअनुसार विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा ८ करोड २२ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने त्यहाँ कोरोनाका कारण १० लाखभन्दा धेरैको ज्यान गएको छ ।

अमेरिका पछि भारतमा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै छ । भारतमा अहिलेसम्म ४  करोड ३० लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिल सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको तेस्रो नम्बरमा छ । त्यहाँ अहिलेसम्म  ३ करोड २ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ६ लाख ६१ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया