केही दिन पानी नपर्ने : मौसम खुल्न थालेसँगै गर्मी बढ्यो

 बैशाख ३, २०७९ शनिबार ७:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अबका केही दिन पानी नपर्ने मौसमविद्ले बताएका छन् । पानी नपर्दा न्यूनतम र अधिकतम तापक्रम बढेको छ ।

यो हप्ता केही दिन मौसम धुम्मिएर हिजोदेखि खुलेको छ । मौसम खुलेर बिहानदेखि घाम चर्कन थालेपछि दिउँसो गर्मी निक्कै बढ्न थालेको छ । हिजो भैरहवाको तापक्रम ४०  दशमलव ७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

यस्तै, धनगढीको ३९ डिग्री सेल्सियस, सिमरा र विराटनगरको ३८ दशमलव ५, घोराहीको ३५ दशमलव ५, र काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको छ । अझै केही दिन राम्ररी पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रि–मनसुनको समयमा बेलुकातिर देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना भने रहन्छ । आज पनि देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना छ ।  

आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश-१ का थोरै ठाउँमा मात्रै छिटफुट पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बाँकी ठाउँको मौसम भने सफा नै रहने मौसमविद्को अनुमान छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया