एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डाैकाे बूढानीलकण्ठबाट चितुवाकाे छालासहित चार जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका ७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका ९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका ५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका ४ का ३० वर्षीय विकास पुर्कुटीलाई गएकाे शुक्रवार पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको हो ।
बूढानीलकण्ठ नगरपालिका ८ गल्फुटारमा लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्व–पश्चिम गेस्ट हाउसबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूको साथबाट चितुवाको छाला दुई थान, छालाविनाको चितुवाको टाउको एक थान, विभिन्न कम्पनीकाे चार थान माेबाइल बरामद गरेको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाण्डाै पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।