पर्यटक आगमन खुला गर्ने म्यानमारको सैन्य सरकारको निर्णय

 वैशाख ४, २०७९ आइतबार १५:१२:१७ | एजेन्सी
unn.prixa.net

म्यानमारको सैन्य सरकारले पर्यटकलाई आफ्नो देशमा आउन अनुमति दिएको छ । धेरै देशले धमाधम यात्रा प्रतिबन्धहरू सहज बनाउन थालेपछि म्यानमारले पनि अन्तर्राष्ट्रिय पर्यटकका लागि म्यानमारमा आगमन खुला गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।   

म्यानमारको यो निर्णय पर्यटकका लागि खुसीको कुरा भए पनि म्यानमारको अवस्था भने अझै जटिल नै रहेको छ । म्यानमारले निर्वाचित सरकारलाई कु गरेर सैनिक शासन लागू गरेपछि अन्तर्राष्ट्रिय समुदायमा नराम्रो छाप परेको छ । म्यानमारमा कोरोना भाइरसको सङ्क्रमण अगाडि पर्यटकको सङ्ख्या बढ्दै गएको थियो । त्यसपछि भने पर्यटनको क्षेत्रमा असर परेको हो । 

सैन्य शासन लागू भए पनि म्यानमारका कैयौँ नागरिकले त्यसकाे विरोध गर्दै आएका छन् । दुई वर्षसम्म पर्यटक  नआउँदा म्यानमारको बैंकिङ व्यवस्था सङ्कटपूर्ण बन्दै गएको  छ भने अर्थव्यवस्था नाजुक बनेको छ । म्यानमारमा सबैभन्दा धेरै पर्यटक चीनबाट जाने गरेका छन् । म्यानमारको विपक्षी पार्टीले भने विदेशी पर्यटकलाई म्यानमारको यात्रा नगर्न  अनुरोध गरेको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया