सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरकाे भागबन्डा भाेलिसम्म गर्ने

 वैशाख ४, २०७९ आइतबार १७:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलि साेमवारसम्म गर्ने भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे टुङ्गो भोलिसम्म लगाउने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले आज बिहान छलफल गरेका थिए । 

पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुङ्गो लगाउने तयारी छ । 

सत्ता गठबन्धनले वैशाख ३० मा हुने पालिका चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा केन्द्रबाट र बाँकी पालिकाको भागबन्डा जिल्लास्तरबाट मिलाउने बताएका छन् । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया