सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

 वैशाख ५, २०७९ सोमबार ७:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन् ।

गएको १ गते पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या भएपछि उहाँलाई ललितपुरकाे किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

अहिले उहाँको मुटुको चालमा नियन्त्रण आएको र थप उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जानकारी  दिनुभयो ।  

अस्पतालले विगत तीन वर्षदेखि शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया