अनअराइभल भिसाका लागि २ सय डलर नगद बाेक्नुपर्ने प्रावधान खारेज

 वैशाख ५, २०७९ सोमबार १९:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने भिसा अर्थात् अनअराइभल भिसाका लागि दुई सय अमेरिकी डलर नगद साथमै बोकेर आउनुपर्ने प्रावधान खारेज भएकाे छ ।

विमानस्थल अध्यागमन कार्यालयले सूचना निकालेर एटीएम मेशिन र विद्युतीय भुक्तानी सेवामा समेत समस्या आएको भन्दै नगदै बोेकेर आउन पर्यटकसँग आग्रह गरेको थियो । अध्यागमन कार्यालयको सूचनाको चैतर्फी आलोचना भएपछि गृह मन्त्रालयले अध्यागमन कार्यालयको निर्णय खारेज गर्दै सेवा प्रवाह चुस्त बनाउन निर्देशन दिएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

गृह मन्त्रालयको निर्देशनअनुसार विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन जडानको काम सुरु भइसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकका दुई वटा एटीएम मेशिन र दुई वटा पीओएस मेशिन थप गर्न लागेको उहाँले बताउनुभयो ।

नगदै बोक्नुपर्ने सूचनाले अध्यागमन प्रशासन र विमानस्थल सुरक्षा एवम् आन्तरिक व्यवस्थापनमा देशकै छविमा असर भनेर आलोचना बढेपछि आज साेमवार गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर समस्या समाधान गर्न निर्देशन दिनुभएको थियाे ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया