रसुवाको ९८ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रणालीको विद्युत् जोडियो

 वैशाख ५, २०७९ सोमबार २०:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको ९८ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रणालीको विद्युतको पहुँच पुगेको छ । जिल्लामा विद्युत् उत्पादन भएको दुई दशक हुनै लाग्दा सबै क्षेत्रमा विद्युत् सेवा पुग्न लागेको छ । अब दुई प्रतिशत घरमा मात्र विद्युत् सेवा पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार लाङटाङ र क्यान्जिन क्षेत्रमा विद्युत् पुर्‍याउन बाँकी छ । त्यहाँ माइक्रो हाइड्रो सञ्चालनमा छ । विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने काम नियमित भइरहेको वितरण केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीले बताउनुभयो । आर्थिक वर्ष २०७५/७६ को असारसम्ममा जिल्लाको ८६ दशमलव ८९ प्रतिशत घरमा विद्युत् पुगेको थियो । पालिकाले विद्युत् नपुगेको क्षेत्रमा विद्युत् पुर्‍याउनका लागि समन्वय गरेका थिए । 

जिल्लाका नौ हजार सात सय ३२ घरमा विद्युत् पुर्‍याइएकाे नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको आमाछोदिङ्मोमा एक हजार तीन सय ३, नौकुण्डमा दुई हजार दुई सय ६६, कालिकामा दुई हजार एक सय ६, गोसाइँकुण्डमा दुई हजार दुई सय १४ र उत्तरगयामा एक हजार आठ सय ४३ घरधुरी छन् ।  

जिल्लामा अहिले दुई वटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिसकेका छन् । यस्तै अहिले १० वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया