एमालेको घोषणापत्र अनुमोदन : चुनाव सार्ने षड्यन्त्र भएमा कडा प्रतिवाद गर्ने निर्णय

 वैशाख ६, २०७९ मंगलबार ७:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनावका लागि नेकपा एमालेले तयार पारेको घोषणापत्रको मस्यौदालाई पारित गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा हिजो बेलुका बसेको बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

एमालेले यही वैशाख ९ गते शुक्रवार केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बैठकले एक सय ७३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सदस्यीय पुर्याएको छ । त्यस्तै, बैठकले थप १२ केन्द्रीय विभागलाई पूर्णता दिनुका साथै केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जनालाई मनोनीत गरेको छ ।

एमालेले पालिका चुनाव सार्ने षड्यन्त्र भएमा त्यसको कडा प्रतिवाद गर्ने निर्णय पनि गरेको उपमहासचिव गुरुङले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया