तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दै : सकेसम्म दिउँसो घर बाहिर ननिस्कन र सावधानी अपनाउन सुझाव

 वैशाख ६, २०७९ मंगलबार ९:५०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दै गएको छ । केही दिनदेखि तापक्रम बढिरहेको र अझै तापक्रम बढ्ने देखिएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।

पछिल्लो २४ घन्टामा धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । यस्तै, दिपायल, विरेन्द्रनगर, भैरहवा लगायतका सहरमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा बढी भएको छ ।

काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ । गर्मी बढेको बेलामा सकेसम्म दिउँसोको समयमा घरबाहिर ननिस्कन र निस्कनै परे प्रशस्त पानी पिउनुका साथै अनुहार र शरीरमा सिधा घाम पर्न नदिन छाता ओढ्नेलगायत उपाय अपनाउन वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. धुव्र गैह्रेको सुझाव छ ।

गर्मी बढेको बेलामा प्रशस्त पानी तथा दही मोही खान र प्रोटिनयुक्त खाना कम खान पनि उहाँको सल्लाह छ । नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित सामान्य वर्षा हुने सम्भावना रहेको छ ।

प्रि-मनसुनको समय भएकाले केही ठाउँमा बद्ली र वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया