पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले केही नयाँ काम र सुधार गर्न खोज्दा शङ्काको दृष्टिले हेरेको गुनासो गर्नुभएको छ ।
निर्वाचन आयोगले चुनावबारे सञ्चारमाध्यमसँग गरेको अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले यसअघि देखिएका केही समस्यालाई सुधार गर्नेगरी काम गर्दा आफ्नो स्वार्थ अनुसार समर्थन र विरोध गर्ने गलत अभ्यास भएको टिप्पणी गर्नुभयो ।
मतपत्रको रङ्गबारेमा एमालेले गरेको विरोधतर्फ लक्षित गर्दै उहाँले बदलिँदो परिवेश अनुसार भएका सुधारलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चुनावमा तालमेल गरेर उम्मेदवारी दिँदा महिलाको उम्मेदवारीलाई ख्याल गर्न दलहरुसँग आग्रह पनि गर्नुभएको छ ।
यस्तै पछिल्लो समय सिद्धान्त भन्दा पैसाले चुनावलाई प्रभाव पार्न थालेको गुनासो आएको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले तोकेको खर्च सीमालाई ख्याल गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले निर्वाचन आचारसंहिता पालना गर्न पनि राजनीतिक दल लगायत सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । आचारसंहिता कार्यान्वयन गर्न र चुनावी चहलपहल बढाउन सञ्चारमाध्यमको ठूलो भूमिका रहेको भन्दै उहाँले त्यहीअनुसार भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।
थपलियाले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष चुनाव भएको र यसलाई टार्न विभिन्न खेल हुन सक्ने भन्दै सञ्चारमाध्ययमले समयमा निष्पक्ष चुनावका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले अहिले पत्रकार र सञ्चारमाध्यमले तटस्थता देखाउने बेला रहेको बताउनुभयो । उहाँले निष्पक्ष चुनावका लागि दबाब सिर्जनाका साथै डरत्रास विना मताधिकारको प्रयोग गर्न नागरिकलाई प्रेरित गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।