ललितपुरको साझा पेट्रोल पम्पभित्र आगलागी, ‘ठूलो क्षति हुनबाट जोगियो’

 वैशाख ६, २०७९ मंगलबार १६:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुरको पुल्चोकमा रहेको साझा पेट्रोल पम्पभित्र ट्याङ्करमा आगलागी भएको छ । आगो लाग्नेबित्तिकै ललितपुरको दमकल पुगेर आगो निभाएको छ । 

इन्धन अनलोड गर्ने क्रममा ट्याङ्करमा आगो लागेको थियो । आगो तत्कालै निभाइएकाले ठूलो क्षति हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ । 

आगलागीका कारण पम्पमा तेल हाल्न पुगेका एक जना ग्राहक सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

तस्बिर : विक्रम महर्जनकाे फेसबुकबाट

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया