कांग्रेससँग भएकाे ६५ हजार भाेट थाेरै मत भएका चुनाव चिह्नमा खन्याउन सकिँदैन : नेता थापा

 वैशाख ६, २०७९ मंगलबार १७:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले पोखरा महानगरपालिकाको नेतृत्व आफ्नै पार्टीले पाउनेमा आशङ्का रहेको बताउनुभएको छ । आज मङ्गलवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका कांग्रेस नेताहरूले सञ्चारकर्मीहरूलाई यस्तो प्रतिक्रिया दिएका हुन् । 

नेता थापाले प्रधानमन्त्री देउवाले भेटमा सरकार गठबन्धनको भएकोले सबै पार्टीलाई समेटेर अघि बढ्ने अभिव्यक्ति दिएको बताउनुभयो । उहाँले पोखरा महानगरपालिकाको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा आफूहरूले जोड दिएकाे पनि सुनाउनुभयाे । 

नेता थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीजी हामीले भनेको कुरामा सहमत हुँदाहुँदै पनि गठबन्धनका अरू पार्टीहरूलाई पनि समेट्नुपर्ने दायित्व छ भन्नुभयो । त्यसले कता–कता आशङ्का त पैदा गर्छ तर पनि हामीले हाम्रो तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा कांग्रेसको नेतृत्व हुनुपर्छ भन्ने कुरा जोडदार रूपमा भनेका छाैँ । हामीले ६०/६५ हजार मत होल्ड गर्दछौँ, त्यो मत थोरै मत भएका चुनाव चिह्नमा लगेर खन्याउने कुरा ज्यादै अव्यावहारिक छ भन्याैँ । हामीले गठबन्धन भत्काउनुपर्छ भनेका होइनौँ तर यो अव्यावहारिक कुरालाई सम्बन्धित पार्टीका नेतालाई पनि अवगत गराउन आग्रह गरेका छौँ ।’

नेता थापाले पछिल्लो समय पोखरा महानगरमा पार्टीमा ३९ हजार मतदाता बढेको र कांग्रेसको पक्षमा लहर आएकाले पनि आफ्नाै पार्टीकाे नेतृत्वमा सहभागी भए चुनाव जित्न सकिने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया