हावाहुरीसँगै पानी पर्दा पोखरा दिउँसै अन्धकार !

 वैशाख ६, २०७९ मंगलबार १८:२४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरामा पानी पर्दा दिउँसै अन्धकार भएको छ । आज मङ्गलवार दिउँसो साढे ३ बजेपछि हावाहुरीसँगै पानी पर्दा पाेखरा अन्धकार भएको हो ।

पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण अहिले पोखरामा मेघगर्जनसहित पानी परिरहेकाे छ ।

दिउँसै अध्यारो हुँदा सवारी साधनहरू हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु बीच बाटोमा नै रोकिएका छन् ।

यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महसुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९ दशमलव ४ सेल्सियस मापन गरिएको छ । यसअघि २०६७ साल वैशाख २९ गते पोखरामा दिउँसै अँध्यारो भएको थियो । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया