वर्षाले किसानलाई राहत : मकै तथा लहरे तरकारीबालीलाई फाइदा

 बैशाख ७, २०७९ बुधबार ८:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पानी परेका ठाउँका किसानलाई केही राहत मिलेको छ । बर्खेबाली तथा लहरे तरकारी लगाएका र लगाउने तयारीमा रहेका किसानलाई राहत मिलेको हो ।

खेतबारीमा चिस्यान भएपछि धेरै किसान मकै तथा तरकारीबाली रोप्ने काममा जुटेका छन् । मध्य पहाडमा अहिले मकै तथा लहरे तरकारीबाली लगाउन सकिने नार्कको राष्ट्रिय वागवानी अनुसन्धान केन्द्रका मुख्य वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । सिँचाईको सुविधा नभएका क्षेत्रमा किसान आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।

चैतेबाली थन्क्याएपछि पानी नपर्दा जग्गा खनजोत हुन सकेको थिएन । पानी परेपछि अब मकै, कोदो र बर्खे धानको धुले ब्याड राख्न मिल्ने महोत्तरीको बर्दिबास–७ का किसान विन्देश्वर यादवले बताउनुभयो । पछिल्लो पानीले तरकारी खेती गर्न पनि सहज भएको किसानले बताएका छन् । तर पानी पर्नुअघि चलेको हावाहुरीले आँप, लिचीसहित फलफूलका चिचिला झारेको भङ्गाहा–४ का किसान चौठी सर्दारले गुनासो गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया