बीपी राजमार्गको सिन्धुली खण्ड बन्द, सडक खुलाउने क्रममा झडप

 वैशाख ७, २०७९ बुधबार १३:४८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जीपकाे ठक्करबाट पैदलयात्रीकाे ज्यान गएकाे विषयलाई लिएर बीपी राजमार्ग अन्तर्गतको सिन्धुली खण्ड चार घण्टादेखि बन्द रहको छ ।

हिजाे मङ्गलवार राति पिपलभन्ज्याङ–पचभैया सडकमा जीपको ठक्करबाट पैदलयात्री ३९ वर्षका विजय मोक्तानको ज्यान गएको विषयमा स्थानीयवासीले आज बिहानदेखि सडक बन्द गराएका हुन् । स्थानीयवासीले क्षतिपूर्ति र चालकलाई पक्राउ गरेर कारबाहीको माग गरेका छन् ।

वार्ता सफल नभएपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने प्रयास गर्दा झडप भएको छ । सडक बन्द हुँदा सयौँ गाडी रोकिएका छन् । 

तस्बिर : बद्री पाैड्यालकाे फेसबुकबाट

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया