राप्रपाको घोषणापत्र : भ्रष्टाचारमुक्त पालिका बनाउने, ५० प्रतिशतसम्म कर कटौती

 वैशाख ७, २०७९ बुधबार १६:३७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राप्रपा नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज बुधवार काठमाण्डौमा भएको कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । 

घोषणापत्रमा भ्रष्टाचारमुक्त पालिका बनाउने र नागरिकलाई निष्पक्ष र छिटो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्रमा विपन्न परिवारको पहिचान गर्ने उल्लेख छ । 

यस्तै कक्षा १२ सम्म निःशुल्क शिक्षा, विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड वितरण र प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा दिइने उल्लेख छ । 

हरेक वडामा प्रसूति सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म तीन हजार रुपैयाँ मासिक भत्ता दिइने पनि घोषणापत्रमा उल्लेख छ । 

राप्रपाले घोषणापत्रमा स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरी न्यूनतम करको व्यवस्था गर्ने जनाएको छ । 

घाेषणापत्रकाे पूर्णपाठ–

 

अन्तिम अपडेट: जेठ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया