जसपाकाे घाेषणापत्र : सन् २०३० सम्म व्यावसायिक किसानकाे न्यूनतम तलब निर्धारण गर्ने

 वैशाख ७, २०७९ बुधबार १६:४९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले आज बुधवार चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको हो । 

घोषणापत्रमा सन् २०३० सम्म लागू हुने गरी व्यावसायिक कृषिमा काम गर्ने व्यक्तिहरूको न्यूनतम तलब निर्धारण गर्ने उल्लेख गरिएकाे छ । यस्तै कामदारहरूको तलब तथा उद्यमीहरूको खुद नाफाको १० प्रतिशत रकममा सरकारले १० प्रतिशत थप गरी एकमुष्ट उपदान दिने व्यवस्था गरिने उल्लेख छ ।

कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखिने छ तराईमा कृषियोग्य जमिनको व्यापक उपयोग र पहाडमा फलफूल र पशुपालनको विकासमा जोड दिइने उल्लेख छ ।

यस्तै युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न र यस क्षेत्रको उत्पादकत्व बढाउन विभिन्न नीतिहरूलाई कार्यान्वयनमा ल्याइने घोषणापत्रमा लेखिएको छ ।

घाेषणापत्रकाे पूर्णपाठ–

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया