सत्ता गठबन्धनबीच भागबन्डा मिल्यो, कसले कहाँ उम्मेदवारी दिने ? (सूचीसहित)

 वैशाख ७, २०७९ बुधबार १७:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको भागबन्डा टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा कुन पार्टीले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाएको हो ।

सहमतिपत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कांग्रेसले तीन वटा महानगरपालिका र सात वटा उपमहानगरपालिका, माओवादीले एउटा महानगर र दुई वटा उपमहानगरपालिका, एकीकृत समाजवादीले एउटा महानगरपालिका र एउटा उपमहानगरपालिका तथा जसपाले पनि एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकामा उम्मेदवारी दिनेछन् ।

सहमति अनुसार कांग्रेसले काठमाण्डौ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने छ । यस्तै माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्जकाे मेयरमा उम्मेदवारी दिनेछन् । महानगरको उपमेयरमा कांग्रेसले वीरजञ्ज, भरतपुर र पोखरामा उम्मेदवारी दिनेछ भने माओवादीले ललितपुर, एकीकृत समाजवादीले काठमाण्डौ र जनता समाजवादी पार्टीले विराटनगरमा उम्मेदवारी दिनेछ । 

उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर पदमा उम्मेदवारी दिनेछ । यस्तै जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयरमा उम्मेदवारी दिनेछ । माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिमा मेयर पदमा उम्मेदवारी दिनेछ भने धरान र धनगढीमा उपमेयरमा उम्मेदवारी दिनेछ । एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिकामा मेयर र इटहरी, बुटबल र तुलसीपुरमा उपमेयरमा उम्मेदवारी दिनेछ । जसपाले जनकपुर उपमहानगरपालिकामा मेयर र कलैया र नेपालगञ्जमा उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया