कांग्रेस कार्यकर्ताले अर्काे पार्टीलाई छाप लगाउनुपर्ने अवस्था किन आयाे ? : काेइराला

 बैशाख ७, २०७९ बुधबार १९:५२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नाे पार्टीलाई कसैको वैशाखी लिएर अगाडि जानुपर्ने आवश्यकता नभएको बताउनुभएको छ । 

आज बुधवार नेपाल विद्यार्थी सङ्घ उपत्यकाका क्याम्पस इकाइहरूको संयुक्त आयोजनामा काठमाण्डाैमा आयोजित पालिका चुनावमा नेविसङ्घको भूमिका र पार्टीको दायित्व विषयक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्ताे बताउनुभएको हो । उहाँले कांग्रेसले चुनाव एक्लै लडे पनि गन्तव्यमा पुग्न सक्ने बताउनुभयो । 

कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिह्न लगाउनुपर्ने अवस्था आएको भन्दै नेता काेइरालाले यसको लेखाजोखा चुनावपछि गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज के, कति कारणले, किन हामी कम्युनिस्टहरूसित मिलेर, गठबन्धन गरेर अगाडि गइरहेका छौँ ? के कारणले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई पन्छाएर शीर्ष नेताहरू गठबन्धनको बैठकमा निर्णय गरेर जिल्ला–जिल्लामा पठाइरहनु भएको छ ? के हामी कमजोर छौँ ? मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ । ३६ लाख नयाँ मतदाता छन् । ३४ प्रतिशत हामीसित भोट छ । त्यसलाई ४० प्रतिशत कसरी बनाउने ? त्यो ३६ लाख मतदातालाई हामीले नेपाली कांग्रेस बनाउन सकेनौँ । अघि गगन थापा र म कानेखुशी गर्दै थियौँ, गगनजीले मलाई दाइ, हामीहरूले अर्काे पार्टीकाे छापमा स्वस्तिक चिह्न लगाउनुपर्ने कस्ताे अवस्था आयाे ? भन्नुभयाे ।’

नेता काेइरालाले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन घर–घरमा जान पनि विद्यार्थीहरूलाई निर्देशन दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया