ठेकेदारले आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने

 बैशाख ७, २०७९ बुधबार २०:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ठेकेदारले आफ्नो ठेक्कापट्टा भएको पालिकामा वैशाख ३० गते हुने चुनावका लागि उम्मेदवार बन्न नपाउने भएका छन् । 

निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको स्वघोषणामा सर्वोच्च अदालतले थप व्याख्या गर्दै आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै स्वघोषणासम्बन्धी व्यवस्थामा थप व्याख्या गरेको हो । 

आदेशमा भनिएको छ, ‘कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए निजले मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणापत्रको देहाय (ठ) बमोजिम गरिएको स्वघोषणाका आधारमा निजलाई २०७९/१/३० मा हुन गइरहेको स्थानीय तहको उम्मेदवार हुनबाट नरोक्नु ।’ 

आयोगले पालिका चुनावलाई व्यवस्थित गर्न बनाएको स्थानीय तह निर्वाचन निर्देशिकाअन्तर्गतको ‘स्वघोषणा गर्नुपर्ने व्यवस्था’ मा पालिकाको ठेक्का पट्टामा संलग्न व्यक्तिलाई यही वैशाख ३० गते हुने चुनावमा उम्मेदवार हु्न नपाउने व्यवस्था गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया