धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – देशभरका ७५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ । निर्वाचन आयोगले प्रशिक्षण दिएपछि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारी कार्यक्षेत्रमा खटिन लागेका हुन् ।
सबै निर्वाचन अधिृकत कार्यक्षेत्रमा पुगिसकेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनीहरुले जिल्ला निर्वाचन कार्यालयको समन्वयमा पालिकामा कार्यालय स्थापनादेखि कर्मचारी व्यवस्थापनसम्मका काम गर्नेछन् । आयोगका प्रतिनिधिका रुपमा पालिकामा पुगेका उनीहरुले चुनावको सबै तयारीदेखि मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । साथै आचारसंहिताको अनुगमन पनि गर्नेछन् । आयोगले ७७ जिल्लाका न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
चुनावी तालिका अनुसार आउँदो ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र र उजुरी जाँचबुझ गरी १६ गते अन्तिम नामावली प्रकाशन हुनेछ । १७ गते आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने तयारी गरेको छ । ३० गते हुने मतदानका लागि २७ गते मध्यरातदेखि मौन अवधि सुरु हुने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।