एमालेको सचिवालय बैठक बस्दै : महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने

 वैशाख ८, २०७९ बिहीबार १०:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टीका अध्यक्ष केपी ओली निवास बालकोटमा दिउँसो एक बजे बस्ने बैठकमा पालिका चुनावका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुनेछ ।

आजको बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । सत्तागठबन्धनले हिजो महानगर र उपमहानगरको भागबण्डा मिलाएको छ । यसअघि बसेको एमालेको सचिवालय बैठकले चुनावी घोषणापत्रको मस्यौदालाई अनुमोदन गरेको थियो । एमालेले पार्टी स्थापना दिवसको अवसरमा भोलि एकैसाथ केन्द्रबाट घोषणा पत्र र पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । 
 

अन्तिम अपडेट: जेठ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया