'मूल्य वृद्धि निर्देशिका भाग–२' ल्याउन निर्माण व्यवसायी महासङ्घकाे माग

 वैशाख ८, २०७९ बिहीबार १३:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीहरूमा अप्रत्यासित रूपमा मूल्य बढेकाे भन्दै मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउन माग गरेको छ । 

आज बिहीवार महासङ्घले ताहाचलमा रहेकाे सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउन माग गरेको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रूपमा मूल्य वृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताउनुभयो । उहाँले निर्माणको काम अगाडि बढाउनका लागि सरकारले अविलम्ब मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने बताउनुभयो । सरकारले निर्देशिका नल्याएमा 'कन्ट्रक्शन होलिडे' मा जानुपर्ने अवस्था आउने उहाँले बताउनुभयो । 

महासङ्घले बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको हो । विगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले विरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया