विदेश 'डाइभर्ट' हुने जहाज अब भैरहवामा अवतरण, जजिराले हप्ताको ३ दिन उडान गर्ने

 वैशाख ८, २०७९ बिहीबार १४:५३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आज बिहीवारदेखि सञ्चालनमा आएसँगै अब अन्तर्राष्ट्रिय जहाज पनि अवतरण गर्ने भएका छन् । गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गमा आजदेखि आन्तरिक वायु सेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने उज्यालोलाई जानकारी दिनुभयो । 

‘अब काठमाण्डौमा कुनै समस्या भएमा जहाजलाई विदेश डाइभर्ट गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, काठमाण्डौमा समस्या हुँदा ठूला जहाज पनि यही नै अवतरण हुनेछन्’, महाप्रबन्धक दाहालले भन्नुभयो । यो विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले पनि स्वीकृति दिइसकेको उहाँको भनाइ छ । 

यसैबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि कुवेतकाे जजिरा एअरलाइन्सले उडान गर्ने भएको छ । जजिराले हप्ताको तीन दिन उडान गर्ने तालिका तय भएको महाप्रबन्धक दाहालले जानकारी दिनुभयो । जजिराले सोमवार, बुधवार र शुक्रवार उडान गर्ने उहाँको भनाइ छ । अरू एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको दाहालले बताउनुभयो । 

४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ । अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ranajit neupane

    April 22, 2022, 4:29 p.m.

    यो त खुशीको कुरा ....

  •  0 Reply

तपाईको प्रतिक्रिया