भाेलिदेखि सुरु हुने एसईईकाे तयारी पूरा, मनाङबाट सबैभन्दा कम ४३ विद्यार्थी सहभागी हुँदै

 वैशाख ८, २०७९ बिहीबार १५:२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भोलि शुक्रवारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो । 

कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै एसईई सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्लामा पठाइसकेको उहाँले जानकारी दिनुभयो ।  

एसईईका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । पाँच लाख १४ हजार नाै सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार चार सय ५४ विद्यार्थी र प्राविधिक धारतर्फका दुई सय ९९ विद्यालयका १४ हजार पाँच सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ जना विद्यार्थी सहभागी हुँदैछन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी हुने भएका छन् । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया