अहिलेसम्म १ करोड १९ लाख मतपत्र छापियो, ढुवानीको जिम्मा नेपाली सेनालाई

 बैशाख ८, २०७९ बिहिबार १७:१३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले अहिलेसम्म एक करोड १९ लाख थान मतपत्र छापिइसकिएको जानकारी दिएको छ ।

आज बिहीवारसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख मतपत्र छापिइसकिएको आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गम जिल्लाका लागि मतपत्र छापेर ढुवानी गरिने र त्यसपछि सुगम जिल्लाका लागि मतपत्र छपाइ हने आयोगले जनाएको छ ।

यसैबीच मतपत्र ढुवानी गर्दा नेपाली सेनाले सुरक्षा दिने भएको छ । चुनावका अरू सामग्री गृह मन्त्रालयसँग समन्वय गरेर नेपाली प्रहरीको सुरक्षामा जिल्ला–जिल्लामा पठाउने काम भइरहेको तर मतपत्र भने सेनाको सुरक्षामा ढुवानी हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतपत्र र अन्य चुनावी सामग्री कहाँ पुग्यो भनेर जीपीएसबाट अनुगमन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

दुर्गम जिल्लामा हेलिकप्टरबाटै मतपत्रको ढुवानी हुनेछ । पालिका चुनावका एक करोड ७७ लाख ३३ हजार जना मतदाता भए पनि आयोगले जगेडासहित एक करोड ९४ लाख थान मतपत्र छाप्ने भएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया