नेकपा एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रम हुँदै

 वैशाख ९, २०७९ शुक्रबार १४:६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले आउने ३० गते हुने पालिकाको चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ ।  

पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्न लाग्नुभएको हो । अहिले तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक कार्यक्रम भइरहेको छ । कार्यक्रममा एमालेका विभिन्न नेताहरुले सम्बोधन गरिरहेका छन् ।

आज १७ जना योद्धालाई एमालेले सम्मान गर्ने कार्यक्रम समेत छ ।

यसैबीच एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय पनि आजै च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा सारेकोे छ। थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय साँघुरो भएकाले स्थानान्तरण गरिएको एमालेले जनाएको छ। 
 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया