निर्माण व्यवसायीले पर्सिदेखि अत्यावश्यकबाहेक सम्पूर्ण काम ठप्प पार्ने

 वैशाख ९, २०७९ शुक्रबार १९:५०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्माण व्यवसायीहरुले पर्सि आइतवारदेखि अत्यावश्यक कामबाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी 'निर्माण होलिडे' गर्ने भएका छन् ।

विभिन्न निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा अत्यधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको समस्या समाधान नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आउँदाे आइतवारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी 'निर्माण होलिडे' गर्ने भएका हुन् ।

आज काठमाण्डौमा नेपाल निर्माण व्यवसायी महासङ्घले पत्रकार सम्मलेन गरी मूल्य समायोजन मार्गदर्शन नं–२ तत्काल जारी गर्न पटकपटक आग्रह गर्दा समेत सरकारले सम्बोधन नगरेपछि बाध्य भएर सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलनमा जानु परेको बताएका छन् ।

महासङ्घका अध्यक्ष रवि सिंहले विदेशी मुद्राको अभावले गर्दा निर्माण सामग्री आयात गर्न समस्या भएको साथै बैंकहरुले पनि लगानी नगरिरहेको कारण निर्माणको गतिविधि गर्नुपर्ने समयमा गति बढाउन नसकेको बताउनुभयो । उहाँले मूल्य समायोजन मार्गदर्शन तत्काल जारी गर्न माग समेत गर्नुभयो ।

यस्तै, महासङ्घले आउँदो १३ गते मङ्गलवारदेखि आफ्ना ७७ जिल्ला सङ्घहरुले जिल्ला प्रशासन कार्यालय र ७ वदै प्रदेश महासङ्घहरुले मुख्यमन्त्रीको कार्यालय प्रत्यक दिन एक घन्टा धर्ना गर्ने पनि जानकारी दिएका छन् ।

महासङ्घले बिहीवार ताहाचलमा रहेकाे सार्वजनिक खरिद अनुगमन कार्यालय र कुपण्डोलमा रहेकाे बीमा समितिको कार्यालयमा पनि एक घन्टा धर्ना दिएका थिए ।

निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा पछिल्लो समय निर्माण सामग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रावधान लगायतका कारण निर्माण व्यवसाय धराशायी बन्दै गएको भन्दै गुनासो गर्दै आएका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया