दलहरु उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा, भोलि र पर्सि मनोनयन दर्ता

 वैशाख १०, २०७९ शनिबार ७:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनाेटको अन्तिम तयारीमा जुटेका छन् । केही पालिकामा उम्मेदवारको टुङ्गो लागे पनि महानगर, उपमहानगरसहितका पालिकाहरुमा टुङ्गो लागेको छैन । ।

महानगर र उपमहानगरका मेयर र उपमेयर केन्द्रबाटै टुङ्ग्याउने नीतिअनुसार दलहरु छलफलमा व्यस्त छन् । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाए पनि उम्मेदवार छनोट गर्न बाँकी छ । तर केन्द्रमा भागबन्डा मिले पनि केही जिल्लामा स्थानीय नेताहरुबीच असन्तुष्टि बढेको छ ।

भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका तथा हेटौँडा र जनकपुर उपमहानगरपालिकामा मेयरको उम्मेदवारी छाडेको भन्दै कांग्रेसका स्थानीय नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् । उनीहरुले बागी उठ्नेदेखि पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन् । 

एमालेबाट भरतपुर, ललितपुर र वीरगञ्जबाट सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि अरु ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् । एमालेले आज उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ । नेपाली कांग्रेसले आफ्नो भागमा परेको महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्न आज पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

हिजो बस्ने भनिएको बैठक स्थगित भएको थियो । कांग्रेसले असन्तुष्ट स्थानीय नेता, कार्यकर्तालाई मनाउने प्रयास भइरहेको जनाएको छ । उम्मेदवार टुङ्गो लगाउन सत्ता गठबन्धनका अरु दलहरु पनि आन्तरिक छलफलमा छन् । 
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया