नेकपा एमालेले रसुवामा उम्मेदवारकाे टुङ्गो लगायो

 वैशाख १०, २०७९ शनिबार ८:५८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवामा नेकपा एमालेले गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको टुङ्गो लगाएको छ । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि पार्टीले शुक्रवार उम्मेदवार टुङ्गो लगाएको हो । 

नेकपा एमाले रसुवाले दिएको जानकारी अनुसार उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ, कालीका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य, उपाध्यक्षमा अम्बिका भट्ट पौडेल, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा, उपाध्यक्षमा चन्द्र बहादुर तामाङ चयन हुनुभएको छ । 

यस्तै, गोसाइँकुण्ड गाउँपालिकाको प्रमुखमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको प्रमुखमा तेब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा चयन गरिएको पार्टी सचिव जनार्दन ढकालले जानकारी दिनुभयो । 

जिल्लामा २०७४ सालको चुनावमा नेकपा एमालेले कालीका र गोसाइँकुण्डमा प्रमुख र पाँचवटै गाउँपालिकामा उपप्रमुख जितेको थियो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया