पोखरामा कुकुर मारेर सेती नदीमा फाल्ने पक्राउ

 वैशाख १०, २०७९ शनिबार १७:३६:२५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले कुकुर मारेर सेती नदीमा फालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ जोगिमणीमा झुण्ड्याएर कुकुर मारेको आरोपमा सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

कुकरलाई डोरी लगाएर मारेर सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गरेपछि परियारलाई वैशाख ८ गते पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता डीएसी सुन्दर तिवारीले बताउनुभयाे ।

परियारले कुकुरलाई मारेर सेती नदीमा फालेको भिडियो समाजिक सञ्जालमा पोष्ट भएको थियो । उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएकाे  डीएसी तिवारीले बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया