पालिका चुनावको लागि उम्मेदवारी दर्ताको तयारी पूरा : निर्वाचन आयोग

 वैशाख १०, २०७९ शनिबार १७:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको तयारी पूरा भएको बताउनुभयो ।

आयोगले भोलि र पर्सि बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।  यस्तै आयोगले आफूलाई अनुकूल समयमा मनोनयन दर्ता गर्न अपिल गरेको छ । कतिपय ठाउँमा उम्मेदवारी दर्ताको लागि गोलाप्रथाबाट दलहरुलाई समय छुट्याएको भन्ने जानकारी आएको भन्दै आयोगले यसरी समय विभाजन नगर्न भनेको छ । आयोगले कानून बमोजिमको योग्यता पुगेका सबै नागरिक उम्मेदवार बन्न पाउने भन्दै निर्धारित दुई दिनमध्ये उम्मेदवारको अनुकूल समयमा उम्मेदवारी दर्ता गर्नुपर्ने जनाएको छ ।

यसअघिको पालिका चुनावमा मनोनयन दर्ता गर्नको लागि एक दिन मात्रै तोक्दा दल र कर्मचारी दुवैलाई चाप परेको कारण यो पटक दुई दिन समय तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले महिलालाई समावेशी ढंगले उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । 
 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया