कांग्रेसलाई उम्मेदवार टुङ्गो लगाउन सकस, तालमेलको निर्णय भएको ठाउँमा विवाद कायमै

 वैशाख ११, २०७९ आइतबार ६:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसलाई महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ ।

एकातिर गठबन्धनको निर्णयअनुसार आफ्नो भागमा परेको मेयर र उपमेयर टुङ्गो लगाउन समस्या छ भने अर्कोतिर अरु दलको भागमा परेको ठाउँमा स्थानीय कार्यकर्ताको विरोध कायमै छ ।

काठमाण्डौको मेयरका उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णय हुन बाँकी छ । 

विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि शनिवार राति अबेरसम्म बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेष कोइरालालाई टिकट दिने भन्नेमा विवाद छ ।

यसैगरी भरतपुर महानगरपालिकाको उपमेयर चित्रसेन अधिकारीलाई दिने कि सूर्यकान्त घिमिरेलाई भन्नेमा विवाद छ ।

पोखराको उपमेयरमा पनि कोपिला रानाभाट र सुरेन्द्र बिजुक्छेको कसलाई दिने भन्नेमा सहमति जुटेको छैन । ललितपुरमा पनि चिरिबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा टुङ्गो लाग्न बाँकी छ । 

गठबन्धनको निर्णयअनुसार भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाकाे उपमेयर कांग्रेसको भागमा परेको छ । तर त्यहाँ मेयर अर्को पार्टीलाई दिएको भन्दै कांग्रेसका स्थानीय नेता कार्यकर्ताको असन्तुष्टि उस्तै छ ।

गठबन्धनबाट कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका मेयर तथा जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा उपमेयर पाएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया