कांग्रेसकाे 'सङ्कल्प' : नगर्ने काम नभन्ने

 वैशाख ११, २०७९ आइतबार १५:५७:६ | रासस
unn.prixa.net

काठमाण्डाै – ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आइतवार आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी 'सङ्कल्प'को नाम दिएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वका एक कार्यदल नै बनाएर घोषणापत्र तयारीको काम गरेको थियो । 

पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड तथा जनप्रतिनिधिको उत्तरदायित्वलाई पूर्णरूपमा आत्मसात् गर्दै आफ्ना पार्टीका तर्फबाट स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले गर्ने केही महत्त्वपूर्ण कामका बारेमा समेत ‘कांग्रेसको सङ्कल्प’ मा समेटिएको छ । 

जनताको करबाट उठेको राजस्वलाई भ्यु टावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्न नदिने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । 

घाेषणापत्रमा कांग्रेसले २०७४ सालदेखिको सरकारको काम, कारबाहीको समीक्षासमेत गरेको छ । 

सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेसललगायतका दलले एकापसमा मिलेर चुनावमा जाने सहमति गरिसकेको छ ।  

घाेषणापत्रकाे पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहाेस्– 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया