महानगर र भक्तपुरमा आयोगले गठबन्धनलाई फाइदा दिन खोजेको भन्दै एमालेको विरोध

 वैशाख ११, २०७९ आइतबार १७:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका चार वटा नगरपालिकामा मतपत्र छपाउँदा उम्मेदवारी नपरेको पदमा दलको चुनाव चिह्न नराख्ने निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाएको छ । सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी आयोगले यस्तो निर्णय गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगलाई पत्र पठाउँदै आपत्ति जनाएको हो ।

चुनाव सुरु भइसकेपछि चुनावको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने काम आयोगबाट हुने छैन भन्ने एमाले विश्वस्त रहेको पत्रमा उल्लेख छ । स्वतन्त्र र निष्पक्ष चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगले कसैको दबाब/प्रभावमा नपरि मतपत्र छपाइमा देशभरि जुन तरिका अपनाइएको हो, त्यसैअनुसार व्यवस्था मिलाउन अनुरोध पनि गरेको छ ।

निर्वाचन आयोगले भने ६ वटा महानगरपालिका र भक्तपुरका चार वटा पालिकका मतपत्रमा उम्मेदवारी नपरेको ठाउँमा दलको चुनाव चिह्न नराख्ने निर्णय एक महिनाअघिकै भएको जनाइसकेकाे छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया