मानवीय सहायताको क्षेत्रमा यो वर्ष सबैभन्दा खराब : संयुक्त राष्ट्...
मंसिर ८, २०८१ शनिबार
ललितपुर – वैशाख ३० गते हुने पालिका चुनावका लागि ललितपुर महानगरपालिकाकाे मेयरका लागि आज आइतवार आठ जनाकाे उम्मेदवारी परेकाे छ । यस्तै उपमेयरमा तीन जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।
आज मेयरको पदमा उम्मेदवारी दर्ता गराउनेमा राप्रपाबाट अष्टबहादुर महर्जन, विवेकशील साझाबाट उज्जवल श्रेष्ठ, नेकपा मालेबाट मोहनराज शाक्य, नेमकिपाबाट अशोक महर्जन रहेका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका सनी कपुर महर्जन, आमूल परिवर्तन मसिहा पार्टीकी सपना महर्जन, माैलिक जराेकिलाे पार्टीकी सपना श्रेष्ठ र स्वतन्त्रबाट सरिना लाखे श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
उपमेयर पदमा मनाेनयन दर्ता गराउनेमा राप्रपाकै स्वर्णिमा शाक्य, नेमकिपाकी ममिता श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार रत्न व्यञ्जनकार हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।