विराटनगरमा एमालेको उम्मेदवार टुङ्गो लाग्न बाँकी, पोखरामा विवाद

 वैशाख १२, २०७९ सोमबार ६:५९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको विराटनगर महानगरपालिका उम्मेदवार टुङ्गो लाग्न बाँकी छ ।

अस्ति शनिवार बसेको सचिवालय बैठकले विराटनगरबाहेक पाँच महानगरका मेयर तथा जनकपुर र जितपुरबाहेक नौ उपमहानगरमा मेयरको टुङ्गो लगाएको थियो ।

पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय भए पनि गुरुङले उपमेयर पद अस्वीकार गर्ने बताउनुभएको छ । त्यस्तै मेयरका उम्मेदवार पौडेलको विवादास्पद भिडियो सार्वजनिक भएपछि उम्मेदवारसम्बन्धी निर्णयमा पुनर्विचार गर्न एमाले भित्रैबाट आवाज उठेको छ ।

यस्तै विराटनगर, वीरगञ्ज र भरतपुर महानगरको उपमेयर पनि एमालेले टुङ्गो लगाएको छैन।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया