धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - नेकपा एकीकृत समाजवादीले गठबन्धनको निर्णयअनुसार महानगर र उपमहानगरमा आफ्नो भागमा परेका सबै उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
पार्टी महासचिव बेदुराम भुसालका अनुसार काठमाण्डौ महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यस्तै पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य, हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीले निर्णय गरेको छ ।
गठबन्धनभित्रका दलहरुबीच तालमेलको सहमति भएका ठाउँमा सहमति अनुसारको उम्मेदवारी दिने र तालमेल नभएका सबै ठाउँमा पार्टीको तर्फबाट छुट्टै उम्मेदवारी दिने पनि एकीकृत समाजवादीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।