एमालेद्वारा काठमाण्डौ महानगरको मेयर तथा उपमेयरमा मनोनयन दर्ता

 वैशाख १२, २०७९ सोमबार १३:५७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेले काठमाण्डौको मेयर तथा उपमेयरमा मनोनयन दर्ता गरेको छ । 

मेयरमा वाग्मती प्रदेश सभाका पूर्व मन्त्री, सदस्य एवम् काठमाण्डौ महानगरका पूर्व मेयर केशव स्थापित तथा उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराउनु भएको हो । 

मेयरमा उम्मेदवारीका लागि स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको थियो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै उपमेयरकी उम्मेदवार डङ्गोलले काठमाण्डाैलाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने बताउनुभयो । एमालेका तर्फबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया