काठमाण्डौको मेयरमा गठबन्धनबाट सिर्जना सिंहद्वारा मनोनयन दर्ता

 वैशाख १२, २०७९ सोमबार १५:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा गठबन्धको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले मनाेनयन दर्ता गर्नु भएको छ । केहीबेरअघि काठमाण्डौको भृकुटीमण्डमा मेयरका लागि मनाेनयन दर्ता गराउनु भएकी सिंह कांग्रेस नेता प्रकाशमानकी पत्नी हुनुहुन्छ । 

२०३७ सालमा नेपाल महिला सङ्घ गोरखाको सभापति हुनुभएकी सिंह महाबौद्ध क्याम्पसको नेविसङ्घको इकाइ सभापतिसमेत हुनुहुन्थ्यो । 

उम्मेदवारी दर्तापछि उहाँले आफ्ना सबै योजना काठमाण्डाैकाे उत्थानका लागि हुने बताउनु भयो । उम्मेदवार सिंहले काठमाण्डाैलाई व्यवस्थित, सफा र सुन्दर बनाउने बताउनुभयो । उहाँले काठमाण्डाैमा पनि अझै महिलालाई सम्मान व्यवहार नभएको भन्दै महिलाको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया