धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
कास्की – पोखरा महानगरपालिकामा नेपाली कांग्रेससहितका पाँच दलीय गठबन्धनका तर्फबाट मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकमा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा उहाँहरूले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहनाअनुसार समृद्धि र विकासका लागि निरन्तर लाग्ने बताउनुभयो ।
प्रमुख दलसहित अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यलयमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइरहनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।