भोलिदेखि मतपत्र ढुवानीको काम सुरु हुने, निर्वाचन सामग्री सबै जिल्लामा पुगे

 वैशाख १२, २०७९ सोमबार १७:४०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ ।

आयोगमा आज साेमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिनुभयो । अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको उहाँले बताउनुभयो । चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र  छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

यसैबीच आयोगले आचारसंहिता पालना नगर्ने राजनीतिक दल र उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएकाे छ  । आचारसंहिता विपरीत हुने गरी कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, आयोगले तोकेको साइजमा मात्रै अनुमति प्राप्त गाडीमा झण्डा राख्न, जुलुस, आमसभा, र्‍याली नगर्न आयाेगले चेतावनी दिएकाे छ । 

यस्तै चुनावमा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरीत हुने गरी सम्बन्धित दलको चुनाव चिह्न, झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्सा, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागिदार हुने आयोगले चेतावनी दिएको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया