दाङका १० वटै पालिकामा उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९ सोमबार १९:१७:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि दाङका १० वटै पालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । दाङका विभिन्न पालिकामा आज साेमवार पाँच दलीय गठबन्धन, नेकपा एमाले, राप्रपा, नेकपा माले, मंगोल नेशनल अर्गनाइजेशन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् । 

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट मेयरमा हेमराज शर्मा (माओवादी) र उपमेयरमा भूपबहादुर डाँगी (कांग्रेस) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसीले मनोनयन दर्ता गराउनुभएको छ । राप्रपाबाट मेयरमा सरिता देवकोटा, मालेबाट मेयरमा नेत्रप्रकाश पाण्डे र स्वतन्त्रबाट मेयरमा श्रीमणकुमार शर्मा न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ । 

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले गठबन्धनकातर्फबाट तुलसीपुरको मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

नेकपा एमालेबाट तुलसीपुरको मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाजागाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्का र चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो । खड्का नेकपा एमाले दाङका पूर्वअध्यक्ष र चौधरी सामाजिक अभियन्ता हुनुहुन्छ । 

लमही नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगीले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनमा सहमति नभएपछि लमहीमा गठबन्धनका दलहरूले एक्ला–एक्लै उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट लमहीकाे मेयरमा डण्डीराम चौधरी  उपमेयरमा सुशीला शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।लमहीमा माओवादीबाट वसन्त शर्माले र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

गढवा गाउँपालिकाकाे अध्यक्षमा माओवादीबाट यमनारायण शर्मा पोख्रेल र उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्ति चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।

त्यसैगरी राप्ती गाउँपालिकामा माओवादीबाट प्रकाश विष्ट र जनमोर्चाबाट उपाध्यक्षमा केशव खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजपुर गाउँपालिका अध्यक्षमा चक्रबहादुर खड्का र उपाध्यक्षमा पुष्पा यादव, बबई गाउँपालिकाको अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीले मनोनयन दर्ता गराउनुभएको छ ।

दंगीशरण गाउँपालिका अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा विनिता चौधरी, शान्तिनगर गाउँपालिका अध्यक्षमा मोहन वली र उपाध्यक्षमा राधिका परियारले मनोनयन दर्ता गराउनुभएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया