उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन पाइने

 वैशाख १३, २०७९ मंगलबार ७:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ ।

मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार  उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ ।

हिजो र अस्ति मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची कतिपय निर्वाचन अधिकृतका कार्यालयहरुले गएराति नै प्रकाशन गरिसकेका छन् भने बाँकी रहेका कार्यालयले आज प्रकाशन गर्नेछन्।

यस्तै भोलि र पर्सि मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । पर्सि १५ गते बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

१६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया