पाेखरामा दुर्घटनापछि टिपर चालकलाई कुटपिट गर्ने माेटरसाइकल चालक पक्राउ

 बैशाख १३, २०७९ मंगलबार १०:४३:१९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - कास्कीमा दुर्घटना भएपछि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ५ फिर्के पुलमा रहेकाे पोखरा बाग्लुङ सडक खण्डमा वैशाख १० गते माेटरसाइकल र टिपर ठाेक्किएर दुर्घटना भएकाे थियाे । 

मोटरसाइकल र टिपर ठोक्किएपछि  मोटरसाइकल चालकले टिपर चालकलाई कुटपिट गरेका हुन् ।

प्रहरीले मोटरसाइकल चालक म्याग्दी घर भइ अहिले कास्की पोखरा महानगरपालिका-१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिनबहादुर मगरलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।

उनलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान भइ रहेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

2 Comments

  • जाेन पल

    April 28, 2022, 1:37 p.m.

    बढाे माेटरसाईकल चालक डन पल्टिएछ, त?तिब्बतीयन चाेक हेम्जामा जस्ताे चिरिप्पै पापट पेले झै पेल्दिनु पर्ने, जाेगाउदा जाेगाउदै भएकाे दुर्घटनामा कुटपिट गर्नु असाध्यै नराम्रो विषय हाे नि ।

  •  0 Reply
  • Rajan Bhandari

    April 26, 2022, 1:39 p.m.

    यसलाई हदै सम्मको करबहि होस

  •  0 Reply

तपाईको प्रतिक्रिया