थिमि नगरपालिकामा २ सय ७ जनाको उम्मेदवारी

 वैशाख १३, २०७९ मंगलबार १५:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – वैशाख ३० गते हुने पालिका चुनावका लागि भक्तपुर जिल्लाको भक्तपुर थिमि नगरपालिकामा मेयर, उपमेयर तथा नाै वटा वडामा गरी दुई सय सात जनाको उम्मेदवारी परेको छ । 

यसमा मेयरमा १४ जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा नाै, वडाध्यक्षमा ५६, सदस्यमा ७२, महिला सदस्यमा ३८ र दलित महिला सदस्यमा १८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मेयरमा मदनसुन्दर श्रेष्ठ (एमाले), आशाहरी प्रजापति (नेमकिपा), जीवपति श्रेष्ठ (स्वतन्त्र), दिनेश श्रेष्ठ (स्वतन्त्र), लोसपाकी देवी माया खाती, प्रजन श्रेष्ठ (स्वतन्त्र), प्रेम कृष्ण प्रजापति (स्वतन्त्र), भगवती चौलागाईं (नेपाल सुशासन पार्टी) र भुवन वाग श्रेष्ठ (राप्रपा) काे उम्मेदवारी परेकाे छ । यस्तै रञ्जन प्रजापति (स्वतन्त्र), राजेश बाडे (नेपालका लागि नेपाली), राम बुढाथोकी (स्वतन्त्र), लक्ष्मीप्रसाद बास्तोला (स्वतन्त्र), सुरेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस ) ले मेयरमा मनाेनयन दर्ता गराएका छन् ।  

त्यस्तै उपमेयरमा उत्तरा नेपाल (एमाले), गोविन्द गुरुङ (लोसपा), दीक्षा बाडे (नेमकिपा), दिनेश श्रेष्ठ (स्वतन्त्र), प्रमिला सुवेदी आचार्य (स्वतन्त्र), भक्तकुमारी श्रेष्ठ (स्वतन्त्र), विजय कृष्ण श्रेष्ठ (माओवादी), शान्ति श्रेष्ठ (राप्रपा) र सुशीला आचार्य (स्वतन्त्र) हुनुहुन्छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया