आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन पहल भइरहेकाे छ : गुरुङ

 वैशाख १३, २०७९ मंगलबार १५:५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्ता गठबन्धनका दलहरूले पालिका चुनावमा आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन सबै ठाउँमा पहल भइरहेको बताउनुभएको छ । 

सत्तारुढ दलहरूबीचको सहमति विपरीत पनि पालिका चुनावमा मनोनयन दर्ता भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई फिर्ता गरेन सक्दो पहल र प्रयास भइरहेको बताउनुभएको हो । उहाँले मनोनयनमा परेकाहरूबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न गठबन्धनका दलहरूबीच सहमति नभए पनि एमालेप्रति सङ्केत गर्दैै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हावी हुन नदिन आफूहरू सचेत रहेको बताउनुभयो । 

संवाद डबलीले आज मङ्गलवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चगमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनुपरेको तर्कसमेत गर्नभयाे । उहाँले भन्नुभयो, ‘कतिपय पालिका र वडामा दलहरूले आ–आफनो दलका तर्फबाट मनाेनयन दर्ता गराएका छन् । संवाद् चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास भइरहेकाे छ । यदि त्यो भएन भने पनि प्रतिगमन र पश्चागामी शक्तिहरूलाई हावी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढ्न तयार छौँ ।’

प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साढे तीन वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेका कारण देशको आर्थिक अवस्था कमजोर बनेको आरोपसमेत लगाउनुभयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा देशमा आयातित वस्तुहरूमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया