दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेकै बेला केही विद्यालय र कलेजले कक्षा ११ मा भर्नाका लागि विज्ञापन र प्रचारप्रसार गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले कारबाहीको चेतावनी दिएको छ ।
महानगरको शिक्षा विभागले आज मङ्गलवार सूचना निकालेर एसईईको नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ को नयाँ भर्ना प्रक्रिया सुरु गर्नुपर्नेमा परीक्षा चलिरहेकै बेला नयाँ विद्यार्थी भर्नाको सूचना सम्प्रेषण गरेको भन्दै कारबाहीको चेतावनी दिएको हो । यस्ता प्रवृत्तिले गर्दा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने र शिक्षा क्षेत्रमा अराजकता सृजना हुने भएकाले प्रचारप्रसार तत्कालै बन्द गर्न सूचनामा भनिएको छ ।
महानगरकाे शिक्षा विभागले एसईईको नतिजा सार्वजनिक भएपछि मात्रै कक्षा ११ को भर्ना प्रक्रिया सुरु गर्न पनि आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।